काठमाडौं । पोखरामा सुरु भएको पोखरा पर्यटन वर्षको उद्घाटनको क्रममा बेलुन पट्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उद्घाटनका क्रममा पौडेलले विद्युतीय स्वीच थिचेर बत्ति बाल्ने क्रममा उडाइएका बेलुन आगोको झिल्कोले पड्किएको थियो । सोही क्रममा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो ।
घाइते भएका अर्थमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत कीर्तिपुरमा रहेको बर्न अस्पतालमा ल्याइएको छ । बेलुन पड्किँदा पौडेलको गाला र हातमा पोलिएको छ, भने आचार्यको गाला र टाउकोमा पोलिएको छ । पौडेल पोखरा पर्यटन वर्षको उद्घाटनका लागि पोखरा पुग्नु भएको थियो ।