Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

व्यक्तिगत स्वार्थभन्दा पार्टीलाई माथी राख्नुपर्छ - प्रवक्ता महत

व्यक्तिगत स्वार्थभन्दा पार्टीलाई माथी राख्नुपर्छ - प्रवक्ता महत

  • शनिवार, फाल्गुण ३ २०८१

  • 276
    SHARES

  • व्यक्तिगत स्वार्थभन्दा पार्टीलाई माथी राख्नुपर्छ - प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले पार्टीलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनु भएको हो ।

    पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्ने भन्दै उहाँले पार्टी र हामीभन्दा म भन्ने प्रवृत्ति हाबी भएपछि पार्टी कमजोर बन्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृतिको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

    ‘माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । पार्टीको विधानका कमीकमजोरीलाई पनि सच्याउन जरुरी हुन्छ,’ प्रवक्ता महतले भन्नुभयो, ‘पार्टीभित्र एकले अर्काेको अस्तित्वलाई स्विकार गरेर अघि बढ्न जरुरी छ । पार्टी बनाउनका लागि व्यक्तिगत स्वार्थलाई सवैले त्याग्नुपर्छ ।’

    यस्तै उहाँले नेपाली कांग्रेसको महाधिवेशन ०८२ सालभित्रमा सम्भव नभएको बताउनुभएको छ । १५औँ महाधिवेशनका लागि आवश्यक तयारी नपुगेका कारण केही समय थप गर्न सकिने र पार्टीको विधान अनुसार महाधिवेशन सम्पन्न गरिने उहाँको भनाई थियो ।


    शनिवार, फाल्गुण ३ २०८१०२:१०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij