काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताउनुभएको छ। बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताउनुभयो ।
सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउँदै उहाँले देशलाई सवैभन्दा पहिला भ्रष्ट्राचारको दलदलबाट निकाल्नु पर्ने बताउनुभयो । भ्रष्ट्राचारको अन्त्यभएपछि देशमा सुशासनका कामहरु अगाडी बढ्ने तर्क गर्दै सामाजिक न्याय स्थापित गर्न राष्ट्रिय एकताको आवश्यकता भएको बताउनुभयो ।
प्छिल्लो समय भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशभरि देखिएको चेतनाको लहर आएको प्रचण्डले दाबी गर्नुभएको छ । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गरिरहेको समेत बताउनुभयो ।
यस्तै प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको भन्दै आगामी निर्वाचनमा क्लिन स्विप गर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।