काठमाडौं । नेपालमा गएको २४ घण्टामा एक हजार ९४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १६ लाख ४३ हजार ८९९ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । शुक्रबार देशभर संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।