Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘सरकारले अध्यादेश सहजै पारित गर्छ’

‘सरकारले अध्यादेश सहजै पारित गर्छ’

  • शनिवार, फाल्गुण ३ २०८१

  • 669
    SHARES

  • ‘सरकारले अध्यादेश सहजै पारित गर्छ’

    काठमाडौं। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले जुनसुकै हालतमा पनि अध्यादेश पारित हुने दाबी गरेको छ । एमाले नेता विष्णु रिजालले आवश्यकताका आधारमा विपक्षीमा रहेका दलहरुसँग छलफल गरेर सहमतीमै अध्यादेश पारित गरिने बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता रिजालले अध्यादेश देशको हितमै अध्यादेश ल्याइएको दाबी गर्दै उहाँले अहिले केहि समस्या जस्तो देखिए पनि आन्तरीक रुपमा त्यस्तो नरहेको बताउनुभयो ।

    नेता रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले धमिलो खोलामा माछा मार्ने प्रयत्न स्वरुप अध्यादेश पारित गर्न अप्ठ्यारो अवस्था सृजना गर्न खोजेपनि त्यो प्रयास सफल नहुने बताउनुभयो ।

    उहाँले देश संकटमा पर्दै गएपछी मुलुकका दुई ठुला दल कांग्रेस एमाले एक ठाउँमा आएकोले देशलाई निकास दिने गरि सरकार लागेकोले केहि देशको परिवर्तन विरोधीहरु अत्तालिएको टिप्पणी गर्नुभयो । नेता रिजालले यो सरकार आउँदो निर्वाचनसम्मै टिक्ने र यही सरकारले निकास दिने जिकिर गर्नुभयो ।


    शनिवार, फाल्गुण ३ २०८१०८:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij