काठमाडौं । आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।
उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय सालझुण्डीका अनुसार सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेका थिए ।
पक्राउ परेका सरोजमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । सरोज मृतक पार्वतीका कान्छा छोरा हुन् ।