Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप मर्मतपछि पानी परीक्षण सुरू

फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप मर्मतपछि पानी परीक्षण सुरू

  • बिहिवार, फाल्गुण १ २०८१

  • 410
    SHARES

  • फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप मर्मतपछि पानी परीक्षण सुरू

    काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप मर्मत कार्य सकिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बिहीबार नयाँ पाइप जडान गरेको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयो । मर्मत कार्य सकिएपछि अहिले पाइपमा पानी पठाएर परिक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    पाइप लाइन मर्मतको कार्य सफल भएको खण्डमा आजैबाट पानि वितरणको काम पनि सुरू गरिने छ । हिजो बबरमहल अघाडी खानेपानिको पाइप फुट्दा त्यस क्षेत्र आसपासमा रहेका सरकारी कार्यालय तथा वस्ती नै डुबानमा परेको थियो ।

    खानेपानि मन्त्रालयले भने उक्त घटनाको मुख्य जिम्मेवार नेपाल विद्युत प्राधिकरण रहेको बताएको छ। प्राधिकरणले विद्युत्का तारलाई भुमिगत गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा खानेपानिको पाइपमा क्षेती पुगेको खानेपानि मन्त्री प्रदीप यादवले बताउनुभयो ।


    बिहिवार, फाल्गुण १ २०८१०३:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij