Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

‘जनयुद्ध’लाई मेटाउन खोज्नेहरू ‘खरानी’ हुन्छन् - प्रचण्ड

‘जनयुद्ध’लाई मेटाउन खोज्नेहरू ‘खरानी’ हुन्छन् - प्रचण्ड

  • बिहिवार, फाल्गुण १ २०८१

  • 405
    SHARES

  • ‘जनयुद्ध’लाई मेटाउन खोज्नेहरू ‘खरानी’ हुन्छन् - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताउनुभएको हो ।

    ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ,’ प्रचण्डले भन्नुभयो ।

    त्यसका लागि सबै माओवादी धारलाई एक हुन उहाँले अपिल समेत गर्नुभयो । सबै माओवादीहरु एक भए मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्न सकिने भन्दै प्रचण्डले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको र त्यसको सकारात्मक संकेत देखिएको बताउनुभयो ।


    बिहिवार, फाल्गुण १ २०८१०३:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij