Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

‘खानेपानीको पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी हो’ - खानेपानी मन्त्री यादव

‘खानेपानीको पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी हो’ - खानेपानी मन्त्री यादव

  • बुधवार, माघ ३० २०८१

  • 381
    SHARES

  • ‘खानेपानीको पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी हो’ - खानेपानी मन्त्री यादव

    काठमाडौं । खानेपानी मन्त्रालयले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले ड्रिलिङ गर्ने क्रममा पाइप फुटेको बताउनुभएको छ ।

    आफु पोखरा कार्यक्रममा रहेका बेला काठमाडौंमा खानेपानीको पाइप फुटेको खबर पाउँनासाथ काठमाडौं आएको मन्त्री यादवले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेख्नु भएको छ । मेलम्ची खानेपानिको पाइप फुटेपछी बबरमहल क्षेत्रका बस्ती तथा कार्यालयमा डुबान भएको छ ।

    मन्त्री यादवले नेपाल विद्युत प्राधिकरणले विद्युत्का तारहरुलाई भुमिगत गर्नका लागि जमिनमा होरिजेन्टल ड्रिलिङका क्रममा पाइप फुटेको बताउनुभयो । तत्काल उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न तथा वासआउट खोल्न निर्देशन दिएको मन्त्री यादवले बताउनुभयो ।


    बुधवार, माघ ३० २०८१०५:२७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij