काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताउनुभएको छ । सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ, छैन भन्नेमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताउँदै सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पार्नुभयो ।
महामन्त्री शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिमा र मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राख्नुभयो ।