Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

“अवसरहरू खोज्नेभन्दा आफैंले सिर्जना गर्नेतर्फ लागौं“: उपप्रधानमन्त्री सिंह

“अवसरहरू खोज्नेभन्दा आफैंले सिर्जना गर्नेतर्फ लागौं“: उपप्रधानमन्त्री सिंह

  • बुधवार, माघ ३० २०८१

  • 417
    SHARES

  • “अवसरहरू खोज्नेभन्दा आफैंले सिर्जना गर्नेतर्फ लागौं“: उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नभएका कुरामा गुनासो मात्र गर्ने भन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

    ललितपुर स्थित पाटन संयुक्त क्याम्पसमा नेविसंघको नेतृत्वमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण कार्यक्रममा उहाँले अवसरहरू खोज्नेभन्दा आफैंले सिर्जना गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उहाँले आफ्नो भविष्य निर्माणका लागि भइरहेकै कुराहरूको अधिकतम सदुपयोग गर्ने तर्फ सोच्न पनि सुझाव दिनुभयो।

    “भइरहेको कुरालाई त्यति महत्व नदिने, तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन,“ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । विद्यार्थीकाललाई अधिकतम सदुपयोग गरेर मेहनतका साथ अध्ययन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुपर्ने उहाँको भनाइ छ।

    पुस्तकालय हस्तान्तरण कार्यक्रममा पुस्तकालय निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने पत्रकार ऋषि धमला, जीवन भण्डारी, युवराज गौतम लगायतका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो भने विभिन्न कलाकारहरुले सांस्कृतिक प्रतिभाहरु प्रस्तुत गरेका थिए।

    476540342_470504722799546_8297801556757399122_n.jpg


    बुधवार, माघ ३० २०८१०३:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij