काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । आज बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले छानबिन गरी कारबाही गर्न निर्देशन दिनुभएको हो ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले उक्त घटनाको छानविन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
प्रहरीमाथि नै भइरहेको हमलाले नागरिकमा झनै क्रास फैलिदैँ गएको भन्दै गृहमन्त्री लेखकले सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न, समाजमा शान्ति सुरक्षामा खलल पु¥याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भएपनि कानूनी दायरामा ल्याउन गृहमन्त्रीले निर्देशन दिनुभएको हो ।