काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव विष्णु पौडेललाई भेटेलगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई समेत भेटिरहनुभएको छ ।
पार्टी कार्यालय धुम्बारहीमा ओली पक्षका नेताहरुसँग एकपछि अर्को गर्दै भेटिरहेका उहाँले ’परिस्थिति गम्भीर’ रहेको प्रतिक्रिया दिनुभएको छ ।
यसअघि, प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले पनि संक्षिप्त प्रतिक्रिया दिँदै ‘परिस्थिति गम्भीर’ रहेको बताउनुभएको थियो ।