Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसद छलेर सरकारले अध्यादेश ल्याउनु संविधान विपरित: दिनेश त्रीपाठी

संसद छलेर सरकारले अध्यादेश ल्याउनु संविधान विपरित: दिनेश त्रीपाठी

  • बुधवार, माघ ३० २०८१

  • 487
    SHARES

  • संसद छलेर सरकारले अध्यादेश ल्याउनु संविधान विपरित: दिनेश त्रीपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले संसद छलेर सरकारले अध्यादेश ल्याउनु संविधान विपरित भएको बताउनुभएको छ ।

    यस्तै अधिवक्ता त्रीपाठीले सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेश संविधानलाई मिचेर आएकोसमेत स्पष्ट पार्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै वरिष्ठ अधिवक्ता त्रीपाठीले थोकको भाउमा अध्यादेश ल्याउने र यसलाइ पास गर्न नसक्ने अवस्थामा सरकारमाथि गम्भिर नैतिक प्रश्न उब्जिएको टिप्पणी गर्दै सरकार नैतिक र कानुनी संकटमा समेत परेको बताउनुभएको छ ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने जसपाले निर्णय गरेको हो । भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरूको पक्षमा रहेको पनि जसपा नेपालले टिप्पणी गरेको छ ।

    सरकारले संसद् छलेर ६ वटा अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दलले पास हुन नदिने अडान लिइरहेका छन् । प्रतिनिधिसभामा बमुहत पुगे पनि राष्ट्रियसभामा भने सत्ताधारी दलको बहुमत नपुग्ने देखिएको छ ।

    राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै यो अध्यादेश पारित नहुने पक्का भएको छ ।

    अधिवक्ता त्रीपाठीले अदालतले जारी गरेको आदेशको बर्खिलापमा गएर अध्यादेश जारी गर्न खोजिनु नै कपटपूर्ण भएको अधिवक्ता त्रीपाठीको भनाइ छ ।

    अदालतको रुलिङलाई वेवास्ता गरेर जसरी शासन चलाउन खोजिएको छ यसबाट सरकार निरंकुशतातर्फ, अधिनायकवादतर्फ अगाडि बढ्दै छ भन्ने देखिएको उहाँको आरोप रहेको छ । यो मुलुकका लागि गम्भिर चिन्ताको विषय भएको समेत उहाँले तर्क गर्नुभयो ।


    बुधवार, माघ ३० २०८१०९:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij