Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाबाट अध्यादेश फेल हुन्छन् - प्रचण्ड

राष्ट्रिय सभाबाट अध्यादेश फेल हुन्छन् - प्रचण्ड

  • मंगलवार, माघ २९ २०८१

  • 373
    SHARES

  • राष्ट्रिय सभाबाट अध्यादेश फेल हुन्छन् - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद छलेर ल्याएका अध्यादेश पारित नहुने बताउनु भएको छ । पार्टीका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएका प्रचण्डले अध्यादेश राष्ट्रिय सभावाट पारित नहुने बताउनु भएको हो ।

    आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले सरकारले संसदबाट ल्याउनुपर्ने कानुनहरू अध्यादेशबाट ल्याएर लोकतन्त्र र सार्वभौम संसदको अवमुल्यांकन गरेको आरोप लगाउनुभयो । प्रतिनिधी सभाको बैठक बोलाइसकेपछि पनि सरकारले अध्यादेश ल्याउन खोज्नु गलत भएको प्रचण्डको भनाई छ । आफुले राष्ट्रिय सभावाट सरकारले ल्याएका अध्यादेशलाई पारित हुन नदिने उहाँले दाबी गर्नुभयो ।

    यस्तै अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको पक्षमा नभई दलाल माफियाहरुको पक्षमा भएको आरोप समेत लगाउनुभयो । ‘अहिले मुलुक निकै आर्थिक संकटमा छ । स्थानीय सरकारलाई दिनुपर्ने अनुदान पाएका छैनन् । स्थानीय सरकारले पाउने अनुदान काटिनु राम्रो संकेत होइन,’ प्रचण्डले भन्नुभयो । सरकारले गर्ने काम जनताका हित बिपरीत भएमा संसद र सडक दुवै प्रयोग गरेर खबरदारी गर्ने उहाँले बताउनुभयो ।


    मंगलवार, माघ २९ २०८१०३:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij