काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज ९मंगलबार० सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको छ ।
संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती मध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरिएको जसपा नेपालका सांसद सांसद प्रकाश अधिकारीले बताउनुभयो । अन्य अध्यादेशका बारेका भने सकारात्मक रहेको उहाँले बताउनुभयो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्यादेशको अध्ययन गरेको थियो । अध्यादेशमा सरकारले सरकारी जग्गामा नोक्सान पुर्याउने, भुमीमा माफियाहरुको रजगज हुने लगाएतका कारण अध्ययनबाट देखिएपछि समर्थन नगर्ने निर्णमा पुगेको अधिकारीले बताउनुभयो ।