Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार गर्ने मुलुकको अग्रपंतिमा नेपाल : १८० देशमध्ये १०७ औं स्थानमा

भ्रष्टाचार गर्ने मुलुकको अग्रपंतिमा नेपाल : १८० देशमध्ये १०७ औं स्थानमा

  • मंगलवार, माघ २९ २०८१

  • 389
    SHARES

  • भ्रष्टाचार गर्ने मुलुकको अग्रपंतिमा नेपाल : १८० देशमध्ये १०७ औं स्थानमा

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मङ्गलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सुचकाङ्क २०२४’ मा नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ ।
    भ्रष्टाचार अन्त्य गर्न १०० भन्दा बढी देशहरूमा काम गरिरहेको विश्वव्यापी आन्दोलन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मङ्गलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सुचकाङ्क २०२४’ अनुसार नेपाल ३४ अंक सहित १०७ औं स्थानमा परेको छ ।
    ट्रान्सपरेन्सीले १८० देशमा भ्रष्टाचार अवस्था मूल्याङ्कन र तुलना गर्ने गरेको छ । सोही तथ्याङ्कका आधारमा नेपाल १०७ औं स्थानमा छ । दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्ट्राचार गर्ने मुलुकमा परेको छ भने, अफगानस्तान सबैभन्दा बढी भ्रष्ट्राचार हुने मुलुकमा परेको छ ।
    यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रूपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याएको ट्रान्सपरेन्सीले जनाएको छ । सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अङ्कित भएको छ ।


    मंगलवार, माघ २९ २०८१०२:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij