Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अन्तिम समयमा हटाइयो भ्रष्टा*चार विधेयक

अन्तिम समयमा हटाइयो भ्रष्टा*चार विधेयक

  • मंगलवार, माघ २९ २०८१

  • 412
    SHARES

  • अन्तिम समयमा हटाइयो भ्रष्टा*चार विधेयक

    काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ । सोमबार सार्वजनिक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको थियो । तर अन्तिम समयमा आएर उक्त विद्येयकलाई कार्यसुचीबाट हटाइएको छ।
    आजको बैठकमा सार्वजनिक दैनिक कार्यसूची बन्दा भ्रष्टाचार सम्बन्धी विधेयक कार्यसुचीबाट हटाइएको संसद सचिवालयले जनाएको छ । राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको यो विद्येयक २०८१ पुष १८ मा राज्य व्यवस्था समितिले पारित गरेको थियो । त्यसपछि प्रतिनिधि ससभामा पुगेर अड्किएको छ ।
    यो विद्येयकलाई २०७६ साल माघ ६ गते राष्ट्रियसभामा दर्ता गर्ने वर्तमान प्रधानमन्त्री ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । २७ चैत २०७९ मा विद्येयक प्रतिनिधिसभामा आएको थियो । प्रतिनिधि सभाको आज (मंगलबार)को बैठकमा पेस प्रस्तुत गर्ने सम्भावित कार्यसूची भएपनि अन्तिममा आएर हटाइएको छ ।


    मंगलवार, माघ २९ २०८१०१:३३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij