काठमाडौं । अध्यादेश पास गराउनका लागि राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माघ २७ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश राखिएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । बैठक चलिरहेकै बेला कार्यसूचीबाट अध्यादेश हटेपछि जसपा नेपालको बैठक पनि विनानिस्कर्ष टुङ्गिएको थियो ।
यसअघि आइतवार सकेको बैठकमा अध्यादेशका बारेमा जसपालाई लिएर भइरहेको टिका टिप्पणीको बारेमा छलफल भएको थियो । सरकारले ल्याएका अध्यादेशका विषयमा भने बैठकमा कुनै निर्णय भएको थिएन् । आज बस्ने संसदको बैठकको कार्यसुचीमा अध्यादेश नराखिएको भएपनि अध्यादेशका विषयमा छलफल हुने जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बताउनुभयो ।
उहाँका अनुसार आजको संसद बैठक पहिले जसपाको संसदीय दलको अनौपचारिक बैठक बसेको हो । अध्यादेशलाई कार्यसूचीमा ल्याएपछि मात्र त्यसको बारेमा निर्णय दिने जसपा नेपालको अडान छ । सरकारले अध्यादेशलाई कार्यसुचिमा राखेपछि मात्रै निर्णय दिने यादवले बताउनुभयो ।