Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

  • सोमवार, माघ २८ २०८१

  • 563
    SHARES

  • छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

    काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
    आज अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । आजै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तर्फबाट प्रेमराज पौडेल र गोर्कण घिमिरेले बहस गरेका थिए। जोशीको तर्फबाट मनोज चौधरीसहित दुई जनाले बहस गरेका थिए।
    यसअघि रुपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
    जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटी लिएर लामिछानेलाई थुनाबाहिरै राखी मुद्दा अघि बढाउन आदेश दिएको थियो ।


    सोमवार, माघ २८ २०८१०७:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij