Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘नो केबलकार समुह’ द्वारा आन्दोलनका कार्यक्रम घोषणा

‘नो केबलकार समुह’ द्वारा आन्दोलनका कार्यक्रम घोषणा

  • सोमवार, माघ २८ २०८१

  • 470
    SHARES

  • ‘नो केबलकार समुह’ द्वारा आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


    यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकार इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको, निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको आन्दोलनरत पक्षको आरोप छ ।

    माघ २२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । सहमति बमोजिम आन्दोलनरत पक्षले मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै हिँडेपछि छलफल भाँडिएको थियो ।


    सोमवार, माघ २८ २०८१०३:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij