Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

बालेनलाई हिटलरको संज्ञा - ‘व्यवसायीमाथि डोजर चलाएर तानाशाही बन्न खोजेको आरोप’

बालेनलाई हिटलरको संज्ञा - ‘व्यवसायीमाथि डोजर चलाएर तानाशाही बन्न खोजेको आरोप’

  • सोमवार, माघ २८ २०८१

  • 543
    SHARES

  • बालेनलाई हिटलरको संज्ञा - ‘व्यवसायीमाथि डोजर चलाएर तानाशाही बन्न खोजेको आरोप’

    काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० लाई हिटलरको संज्ञा दिनुभएको छ । आज ९सोमबार० बसेको प्रतिनिधी सभाको बैठकमा बोल्दै सिंहले काम गरेर खाने सोझा नागरिकमाथी धरपकड गरेर बालेनले हिटलर प्रवृती देखाएको बताउनुभयो ।
    आइतबार काठमाडौं महानगरपालिकाले टेकुस्थित कवाड व्यवसायमा डोजर चलाएको थियो । सोही कुरालाई लिएर सांसदमा सिंहले बालेनमाथी आक्रोस व्यक्त गर्नुभएको हो । हिटलरले जर्मनीमा नागरिक माथी नाजीवाद लादेको प्रशंग निकाल्दै उहाँले बालेनले पनि कवाड व्यवसाय गरिरहेका नागरिकमाथि डोजर चलाएर ज्यादती गरेको आरोप लगाउनुभयो ।
    ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ सांसद सिंहले भन्नुभयो ।
    उहाँले कवाड व्यवसायीको व्यवसायमाथि डोजर चलाउनेले हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन चुनौती दिनुभयो । सवै नेपाली नागरिकलाई देशको जुनसुकै क्षेत्रमा गएर व्यवसाय गर्न पाउने हक भएको भन्दै उहाँले काठमाडौंमा बालेनको तानाशाही प्रवृती नचल्ने भन्दै उहाँले सरकारको अनुमती लिएर व्यवसाय गर्ने कवाड व्यवसायीमाथि महानगरले गरेको धरपकडको निन्दा समेत गर्नुभयो ।


    सोमवार, माघ २८ २०८१०२:१०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij