Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

आम निर्वाचनअघि नै महाधिवेशन हुने महामन्त्री थापाको दावी

आम निर्वाचनअघि नै महाधिवेशन हुने महामन्त्री थापाको दावी

  • सोमवार, माघ २८ २०८१

  • 439
    SHARES

  • आम निर्वाचनअघि नै महाधिवेशन हुने महामन्त्री थापाको दावी

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने महामन्त्री गगनकुमार थापाले दावी गर्नुभएको छ । आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार आगामी आमनिर्वाचन भन्दा अघी नै महाधिवेशन सम्पन्न हुने दावी गर्नुभयो ।


    चैत्रभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम भइरहेको बताउँदै थापाले पार्टीको विधानले गरेको व्यवस्था अनुरुप प्रत्येक चार वर्षमा महाधिबेशन सम्पन्न हुने बताउनुभयो । ‘विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको छ । विधानले दिएको छुट एक वर्ष भएपनि दुई चार महिना तलमाथी हुन सक्छ । तर पुरै एक वर्ष थपिदैन्,’ थापाले भन्नुभयो ।


    पार्टीको विधानअनुसार २०८२ सालको मङ्सिर–पुसमा चार वर्षको कार्यकाल सकिने भएपनि पार्टीको सदस्यता वितरण र अन्य कुराले गर्दा त्यही मितिमा महाधिवेशन हुन नसकेपनि कार्यकाल सकिएको केही महिनामा महाधिवेशन हुने दावी थापाको छ ।

    यस्तै महामन्त्री थापाले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने र छलफलपछि पास हुने बताउनुभयो । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयकको बाहिर जसरी प्रचार गरिएको छ, त्यसो नभएको भन्दै उहाँले उक्त विद्येयकले सामाजिक संञ्जाललाई नियन्त्रण नभई नियमन मात्रै गर्न खोजेको बताउनुभयो । साथै विद्येयकमा धेरै समस्या रहेकाले नसच्याई, परिमार्जन नभई र संशोधन बिना पारित नहुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभएको छ ।


    सोमवार, माघ २८ २०८१०१:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij