काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ ।
यसअघि फागुन १९ देखि २१ गतेसम्म काठमाडौंमा बस्ने भनिएको बैठक फागुन १८ देखि २० गतेसम्म आयोजना हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताउनुभयो ।