Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने अनलाइन टिभी पत्रकार संघको चेता*वनी

सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने अनलाइन टिभी पत्रकार संघको चेता*वनी

  • आइतवार, माघ २७ २०८१

  • 479
    SHARES

  • सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने अनलाइन टिभी पत्रकार संघको चेता*वनी

    काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घ नेपालले सामाजिक सञ्जाल विधयेक २०८१ तत्काल फिर्ता लिन माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

    विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।

    उहाँले विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनी समेत दिनुभएको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले “सरकारले मुख थुन्दैछ लोकतन्त्र ह्याक हुँदैछ, आलोचना गर्ने अधिकार, खोस्न पाइँदैन होसियार, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश लगायतका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

    अनलाइन टिभी पत्रकार सङ्घको प्रदर्शनप्रति एकता जनाउँदै नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आलोचना र खबरदारीलाई निस्तेज पार्ने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ ।

    नेपालमा लोकतन्त्र रहन्छ भने यस्तो विधेयक नरहने र यस्तो विधेयक आयो भने लोकतन्त्र नरहने दाबी उहाँले गर्नुभयो । सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाईन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले यो विधेयक पारित भएमा आफूहरूको पेशा बन्द नै हुने ठहर गरेको छ।

    सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने देखिएकाले सडक र दबावमूलक आन्दोलन सुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    अनलाईन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघले बताएको छ ।

    संघले विधेयक फिर्ता गराउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने भएको छ ।


    आइतवार, माघ २७ २०८१०४:३३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij