काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताउनुभएको छ । आज संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको उहाँले बताउनुभयो ।
‘हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भन्नुभयो, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’
उहाँले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गर्नुभएको छ। सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छलफल गरिरहेको बताएका यादवले कार्यसूचीमा राख्ने बित्तिकै निर्णय लिने बताउनुभयो ।