काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला नभएको बताउनु भएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेशका विषयमा संञ्चारकर्मीहरुले सोधेको जिज्ञासाको प्रतिक्रिया दिदैँ प्रधानमन्त्री ओलीले अहिले नै संसदको गणपूरक संख्या गन्ने बेला नभएको बताउनु भयो ।
संसदको हिउँदे अधिवेशन सुरु हुनुभन्दा पहिले सरकारले विभिन्न छ वटा अध्यादेश ल्याएको थियो । जारी गरिएका अध्यादेश हिउँदे अधिवेशनको बैठक बसेको पहिलो दिन माघ १८ गते नै प्रतिनिधी सभामा पेश भएका थिए ।
तर अहिलेसम्म सरकारले अध्यादेशलाई संसदमा निणयार्थ पेश गर्न सकेको छैन् । संसद् नियमावली अनुसार संसद् बैठक सुरू भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।