Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

महेश बस्नेतको कटाक्ष - केजरीवालकै शैलीमा रविको विलय हुन्छ

महेश बस्नेतको कटाक्ष - केजरीवालकै शैलीमा रविको विलय हुन्छ

  • शनिवार, माघ २६ २०८१

  • 325
    SHARES

  • महेश बस्नेतको कटाक्ष - केजरीवालकै शैलीमा रविको विलय हुन्छ

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विलय भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालको जस्तै हुने कटाक्ष गर्नुभएको छ । सामाजिक संञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै बस्नेतले नेपालमा पनि रवि लामिछानेको विलय केजरीवालकै शैलीमा हुने कटाक्ष गर्नुभएको हो ।
    बस्नेतले केजरीवाल र रवि लामिछाने दुवैको तस्बिर फेसबुकमा राख्दै सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमनत्ती लामिछानेको विलय पनि केजरीवालको जस्तै गरी हुने कटाक्ष गर्नुभएको हो ।
    नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै छ । केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै–उस्तै हुनेछ,’ बस्नेतले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

    Mahesh  Status.JPG


    शनिवार, माघ २६ २०८१०३:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij