काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरपर्दो शक्ति नभएको बताउनुभएको छ । पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै माओवादी कुनै सिद्धान्तमा नचलेको बताउनुभयो ।
पछिल्लो समय प्रचण्डले रवि लामिछानेलाई मात्रै बोकेर हिँडेको भन्दै भुसालले सहकारी पिडितहरुले न्याय पाउनु पर्छ भन्ने कुरा भुलेर हिँड्नु ठिक नभएको बताउनुभयो । ‘रविमाथि राज्यशक्तिको दुरुपयोग नहोस् । तर प्रचण्ड सबै कुरालाई छोडेर रविप्रेमी बन्नुभएको छ । भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो, भने कम्युनिष्ट आन्दोलनमाथि ठूलो घात हुनेछ,’ उहाँले भन्नुभयो ।
उहाँले प्रचण्डको चञ्चलतालाई मात्रै हेरेर निर्णय गरे फेरि कमजोरी हुने भएकाले बेलैमा सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो ।