Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अप*राधविरुद्ध कठोर हुन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

अप*राधविरुद्ध कठोर हुन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

  • शनिवार, माघ २६ २०८१

  • 391
    SHARES

  • अप*राधविरुद्ध कठोर हुन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले प्रहरीलाई पनि नटेर्ने गरेको बताउनुभएको छ। नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताउनुभएको हो ।
    अपराध गर्नेहरुले प्रहरीको डर नमान्ने गरेको बताउँदै प्रधामन्त्री ओलीले सुन तस्करले प्रहरीलाई उल्टै हप्काउने गरेको बताउनुभयो । ‘सुन तस्करले प्रहरीलाई धम्काउँछ । प्रहरीले हेरेकै भरमा गाली पाउनु पर्ने अवस्था छ ।’
    पछिल्लो समय अपराधको स्वरुप बदलेर अपराध हुने गरेको उहाँले बताउनुभयो । अपराधीलाई कुनै पनि रुपमा निरुत्साहित पार्न नेपाल प्रहरी सक्षम रहेको समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । यो वा त्यो ढंगबाट अपराधलाई कम गर्ने गरी प्रहरीले काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
    अपराधिक प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिनुभयो ।


    शनिवार, माघ २६ २०८१०१:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij