Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सरकारले अध्यादेश ल्याउनुका कारण जनतालाई भन्नु पर्छ : चित्रबहादुर केसी

सरकारले अध्यादेश ल्याउनुका कारण जनतालाई भन्नु पर्छ : चित्रबहादुर केसी

  • शुक्रवार, माघ २५ २०८१

  • 278
    SHARES

  • सरकारले अध्यादेश ल्याउनुका कारण जनतालाई भन्नु पर्छ : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिँडेको बताउनुभएको छ ।
    संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोजेको आरोप लगाउनुभयो । सरकारले संसद छलेर ल्याएका अध्यादेश किन ल्याइयो भनेर अहिलेसम्म जनतालाई जानकारी गराउन नसकेको उहाँको भनाई थियो ।
    अध्यक्ष केसीले भन्नुभयो ‘सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनु पर्ने हो । अर्थतन्त्र उकास्नका लागि अध्यादेश ल्याएको भनेर भन्ने गरिएको छ, तर राजनितिक दलको यो चरित्रले देशको अर्थतन्त्र उभो लाग्ने कुनै संकेत देखिदैँन् ।’
    सत्ता र शक्तिमा बस्नेहरू भ्रष्टाचारको मतियार भएको र जनताका लागि नभई आसेपासे कार्यकर्ताको रक्षाका लागि अध्यादेश ल्याएको अध्यक्ष केसीको भनाई थियो ।


    शुक्रवार, माघ २५ २०८१०५:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij