Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

जलविद्युत आयोजनाको काम रोकिदाँ देशलाई नै घाटा हुन्छ : ऊर्जामन्त्री खड्का

जलविद्युत आयोजनाको काम रोकिदाँ देशलाई नै घाटा हुन्छ : ऊर्जामन्त्री खड्का

  • शुक्रवार, माघ २५ २०८१

  • 253
    SHARES

  • जलविद्युत आयोजनाको काम रोकिदाँ देशलाई नै घाटा हुन्छ : ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत आयोजनालाई एकै पटक सुरु गर्न आवश्यक रहेको बताउनु भएको छ । शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्न सबै आयोजनाहरू एकैसाथ सुरु गर्नुपर्ने बताउनुभएको हो ।
    विभिन्न कारणले जलविद्युत आयोजना निर्माणको काम रोकिएर बस्दा देशलाई नै घाटा भएको उहाँले बताउनुभयो । साथै लगानीकर्ता पर्खिएर बस्नुपर्ने अवस्थाका कारण केही महत्वपूर्ण आयोजना सुरु हुन नसकेको समेत उहाँले बताउनुभयो ।
    बैठकमा समितिका सदस्यहरूले सरकारको स्वामित्व रहेको जलविद्युत कम्पनीहरूले पनि समयमा नै आयोजना सम्पन्न गर्न नसक्दा राज्यलाई घाटा भएको प्रति ध्यानाकर्षण गराएका थिए ।


    शुक्रवार, माघ २५ २०८१०५:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij