Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

दलित समुदायमाथिको जातीय विभेद अमानवीय र राजनीतिक समस्या हो - प्रचण्ड

दलित समुदायमाथिको जातीय विभेद अमानवीय र राजनीतिक समस्या हो - प्रचण्ड

  • शुक्रवार, माघ २५ २०८१

  • 450
    SHARES

  • दलित समुदायमाथिको जातीय विभेद अमानवीय र राजनीतिक समस्या हो - प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित समुदायमाथि भइरहेको छुवाछुत र जातीय विभेद अमानवीय र राजनीतिक समस्या भएको बताउनु भएको छ ।
    नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको बताउनुभयो ।
    ‘हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानु पर्छ । कुनै एक समुदायमाथि हुने विभेदले समुदायमा अराजकता बढाउँछ,’ प्रचण्डले भन्नुभयो ।
    पार्टी शान्तिकालमा आइसकेपछि आफ्नो वर्ग र समुदायका एजेण्डालाई दृढतापूर्वक अघि बढाउन केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले उत्पीडित वर्ग र समुदायको हितमा पार्टीले विशेषाधिकारको नीति अनुरुप नै पार्टीको संगठन र संरचनामा समेत दलित नेतृत्वको विकासमा जोड दिएको बताउनुभयो ।


    शुक्रवार, माघ २५ २०८१०४:१२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij