Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

चितवनमा रविको बहस सकियो, आजै आदेश आउने

चितवनमा रविको बहस सकियो, आजै आदेश आउने

  • बिहिवार, माघ २४ २०८१

  • 493
    SHARES

  • चितवनमा रविको बहस सकियो, आजै आदेश आउने

    काठमाडौं। सहकारी प्रकरणमा चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा हिजोदेखी न्यायाधीश दयाराम ढकालको इजलासमा जारी थुनछेक बहस आज सकिएको हो।

    आजको थुनछेक बहसमा बादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नुभएको थियो ।

    जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गर्नुभएको थियो ।

    प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गर्नुभएको थियो ।


    बिहिवार, माघ २४ २०८१०४:२६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij