काठमाडौं। गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवामा प्रेम विवाह गरेका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।
आज जारी प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले नेहा र सत्येन्द्रबिचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पार्नुभयो ।