Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा जारी रवीको बहसमा वादी र जाहेरवालाको बहस सकियो

चितवनमा जारी रवीको बहसमा वादी र जाहेरवालाको बहस सकियो

  • बिहिवार, माघ २४ २०८१

  • 499
    SHARES

  • चितवनमा जारी रवीको बहसमा वादी र जाहेरवालाको बहस सकियो

    काठमाडौं। चितवनमा जारी रवी लामिछानेको बहसमा अन्तर्गत वादी र जाहेरवालतर्फको बहस सकिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको थुनछेक बहसमा वादी र जाहेरवालाको तर्फबाट बहस सकिएको हो।

    वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गर्नुभएको छ। जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गर्नुभएको छ ।

    वादी र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहनु भएको छ ।


    बिहिवार, माघ २४ २०८१०३:०३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij