Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

  • बिहिवार, माघ २४ २०८१

  • 1.1K
    SHARES

  • संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौं। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संघीय संसद्मा निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफलले पूर्णता नपाएपछी निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

    सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएलगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।

    यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ । अध्यादेश जसपासँग सहमती गरेर पास गर्ने तयारी रहेपनि छलफल नटुङ्गिएपछी आज सरकार पछी हटेको हो ।

     


    बिहिवार, माघ २४ २०८१०२:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij