काठमाडौं । चितवनको साहारा सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बहस नसकिएपछि आज (बुधबार) अदालतले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएको हो ।
बुधबार थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहसका लागि भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मंगलवार मुद्दा दर्ता भएको थियो ।