Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा फर्काउँदै माओवादी

पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा फर्काउँदै माओवादी

  • बुधवार, माघ २३ २०८१

  • 303
    SHARES

  • पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा फर्काउँदै माओवादी

    काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काउने निर्णय गरेको छ । यसअघी सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई राजनीतिमा फर्काउने निर्णय गरेको हो ।
    माओवादी केन्द्रका सचिव सचिव देवेन्द्र पौडेलका अनुसार पुनलाई उपाध्यक्ष अहिलेसम्म नबनाइएको र बैठमा आमन्त्रित सदस्यको रुपमा मात्रै बोलाइएको हो । अब बस्ने बैठकले उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिएर सक्रिय राजनितीमा फर्काइने छ ।
    पुस २१ देखि २३ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराउनु भएको थियो ।
    माओवादी केन्द्रमा अहिले चार जना उपाध्यक्ष रहेका छन् । पहिलो नम्बरमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । त्यसैगरी कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष हुनुहुन्छ । पुनलाई भने नारायणकाजी श्रेष्ठपछिको मर्यादाक्रममा राखिने सचिव पौडेले बताउनुभयो ।


    बुधवार, माघ २३ २०८१०५:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij