Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नेपाली चियाको बजारीकरणमा सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

नेपाली चियाको बजारीकरणमा सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

  • बुधवार, माघ २३ २०८१

  • 289
    SHARES

  • नेपाली चियाको बजारीकरणमा सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने बताउनुभएको छ । प्रादेशिक चिया समन्वय समिति कोसी, झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले बुझाएको ज्ञापन–पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
    चिया उत्पादनबाट आर्थिक रुपमा सक्षम हुन सकिने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित चियालाई औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट अन्य मुलुकमा निर्यातका लागि पहल गर्ने बताउनुभएको हो । साथै उहाँले चिया उत्पादनमा ध्यान दिन उद्यमीलाई सुझाव समेत दिनुभयो ।
    प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएको बताउनुभयो । पराजुलीले पछिल्लो समय भारतले नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था गर्न लागेको र यसबाट नेपाली चिया उद्यमीलाई समस्या हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।
    भारतीय संस्थाहरुले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखिएका छन् ।


    बुधवार, माघ २३ २०८१०४:२७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij