Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अध्यादेश कसैको विरोधमा लक्षित छैन्ः मन्त्री गुरुङ

अध्यादेश कसैको विरोधमा लक्षित छैन्ः मन्त्री गुरुङ

  • बुधवार, माघ २३ २०८१

  • 383
    SHARES

  • अध्यादेश कसैको विरोधमा लक्षित छैन्ः मन्त्री गुरुङ

    काठमाडौ । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको बताउनुभएको छ । भक्तपुरमा आज (बुधबार) आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो ।
    भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने लक्ष्यका साथ आएको अध्यादेशले संसद्लाई छल्ने कुरा नहुने उहाँले बताउनुभयो । कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको समेत उहाँले बताउनुभयो ।
    मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउनु परेको बताउँदै मन्त्री सुब्बाले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने उहाँले बताउनुभयो ।


    बुधवार, माघ २३ २०८१०२:१५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij