Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने

  • मंगलवार, माघ २२ २०८१

  • 646
    SHARES

  • प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने

    काठमाडौं। नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

    युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रदेश अध्यक्षहरुको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् ।

    त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिको सदस्यमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाडौँका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार रहेका छन् ।


    मंगलवार, माघ २२ २०८१०७:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij