Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

जनमोर्चाले भन्यो - ‘केबुलकार निर्माणमा भइरहेको अवरोध गलत’

जनमोर्चाले भन्यो - ‘केबुलकार निर्माणमा भइरहेको अवरोध गलत’

  • मंगलवार, माघ २२ २०८१

  • 409
    SHARES

  • जनमोर्चाले भन्यो - ‘केबुलकार निर्माणमा भइरहेको अवरोध गलत’

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएको छ । अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरेर केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताउनु भएको हो ।
    तर केबुलकार निर्माणसम्बन्धी योजना अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्नेमा जोड् दिनुपर्ने उहाँको भनाई छ । ‘पाथीभरामा केबुलकार निर्माणमा अवरोध पु¥याउने कुरालाई हामीले सही मान्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्दछ ।’
    जनमोर्चाले पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दूरीमा हुनु पर्ने र उक्त दूरी स्थानीय बासिन्दा तथा केबुलकार व्यवसायीबीचको आपसी सहमतिमा तय गरिनुपर्ने पनि बताएको छ ।


    मंगलवार, माघ २२ २०८१०५:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij