Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोप ९४ प्रतिशत् सफल भएको अमेरिकी दाबी

कोरोनाविरुद्धको खोप ९४ प्रतिशत् सफल भएको अमेरिकी दाबी

  • बिहिवार, मंसिर ४ २०७७

  • 2.1K
    SHARES

  • कोरोनाविरुद्धको खोप ९४ प्रतिशत् सफल भएको अमेरिकी दाबी

    एजेन्सी । अमेरिकी कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत् सफल भएको दाबी गरेको छ ।

    फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ । दुवै कम्पनीले अब खोपको आपतकालीन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने बताइएको छ ।
    विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ । अहिले अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनासमेत गरी विश्वभर १ सय ५० ठाउँमा भ्याक्सिनको परीक्षण चलिरहेको छ ।

    कम्पनीले सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन गर्ने जनाएको छ ।

     


    बिहिवार, मंसिर ४ २०७७०२:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij