Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टीले थाल्यो भूमिसम्बन्धी अध्यादेशमाथि छलफल

जनता समाजवादी पार्टीले थाल्यो भूमिसम्बन्धी अध्यादेशमाथि छलफल

  • मंगलवार, माघ २२ २०८१

  • 314
    SHARES

  • जनता समाजवादी पार्टीले थाल्यो भूमिसम्बन्धी अध्यादेशमाथि छलफल

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशबारे छलफल चलाएको छ । आज (मंगलबार) सिंहदरबारमा पार्टीका सांसद, पूर्वसांसद तथा भूमिसँग सम्बन्धित विज्ञहरूसँग पार्टीका उपाध्यक्ष राजकिशोर यादवले छलफल गर्नुभएको हो ।
    भूमि सम्बन्धी अध्यादेशमा रहेका कतिपय विवादस्पद विषयलाई कसरी संशोधन गर्ने वा हटाउने भन्नेबारे पार्टीका सांसद तथा विज्ञहरूसँग छलफल भइरहेको जसपा नेपालको प्रमुख सचेतक रेखा यादवले बताउनुभयो । सरकारले संसदमा पेश गरेको भुमि सम्बन्धी अध्यादेशबारे छलफल हुनुभन्दा पहिला नै पार्टीभित्र छलफल गर्न लागिएको उहाँले बताउनुभयो ।
    राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक भएका कारण अध्यादेशको पक्ष वा विपक्षमा मत दिने भनेर पार्टी छलफलमा जुटेको हो । सरकारलाई समर्थन गरेको भएपनि अध्यादेश पास गराउन जसपा नेपालले के गर्छ भन्ने विषयमा उसले धारणा स्पष्ट पारेको छैन् ।
    सोमबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यादेशको बारेमा अध्ययन गर्न उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको हो । सो कार्यदलले मंगलबार र बुधबार दुई दिन अध्यादेशका बारेमा छलफल गर्नेछ । आज भूमिसम्बन्धी अध्यादेशको बारेमा छलफल भइरहेको छ ।


    मंगलवार, माघ २२ २०८१०३:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij