Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चितवनमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

  • मंगलवार, माघ २२ २०८१

  • 553
    SHARES

  • चितवनमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। आज लामिछानेसहित ३२ जनाविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो।

    चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १७ तथा पछि थप १५ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ।

    उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको विश्वकर्माले बताउनुभयो। उक्त मुद्दामा बुधबारदेखि बहस हुने उहाँले जानकारी दिनुभयो। विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएसँगै चितवन झिकाउन पत्राचार गरिएको उहाँको भनाई छ।

    मुद्दा दर्ता भएसँगै रवि लामिछाने स्वयम् अदालतमा उपस्थित हुन काठमाडौँबाट चितवन आउने क्रममा रहेको सूचना अधिकारी विश्वकर्माले बताउनुभयो । अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ ।

    गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको छ ।

     


    मंगलवार, माघ २२ २०८१०२:४३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij