Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

‘तातोपानी कुण्ड संरक्षण सुनिश्चिता भइसक्यो’ - प्रचण्ड

‘तातोपानी कुण्ड संरक्षण सुनिश्चिता भइसक्यो’ - प्रचण्ड

  • मंगलवार, माघ २२ २०८१

  • 316
    SHARES

  • ‘तातोपानी कुण्ड संरक्षण सुनिश्चिता भइसक्यो’ - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीमा रहेको तातोपानी कुण्डको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । बेनीमा माओवादी केन्द्रले आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्न म्याग्दी पुग्नुभएका अधयक्ष दाहालले प्राकृतिक उपचार केन्द्रको रूपमा रहेको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको हो ।
    आज बिहान वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म पैदल यात्रा गर्नुभएका प्रचण्डले आफु सरकारमा हुँदा वा नहुँदा कुण्ड संरक्षणमा जोड दिएको बताउनुभएको हो । सरकारको नेतृत्व गरेको समयमा आवश्यक बजेट विनियोजन गरेर बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो । कुण्डको संरक्षण र प्रचारप्रसारका लागि सबैले प्रयास गर्नु पर्ने उहाँले बताउनुभयो ।
    यस्तै अध्यक्ष प्रचण्डले बेनी–ढोरपाटन सडक आफ्नो प्राथमिकतामा परेको बताउनुभएको छ । सडकको काम अघि बढिसकेको बताउँदै उहाँले म्याग्दी जिल्लाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । म्याग्दीको विकासका लागी भन्दै उहाँले स्थानीयहरुसँग पनि अन्र्तक्रिया कार्यक्रम गर्नुभएको थियो ।


    मंगलवार, माघ २२ २०८१०१:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij