Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

देउवाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा - ‘अविश्वास गर्नुपर्ने कारण छैन्’

देउवाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा - ‘अविश्वास गर्नुपर्ने कारण छैन्’

  • मंगलवार, माघ २२ २०८१

  • 252
    SHARES

  • देउवाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा - ‘अविश्वास गर्नुपर्ने कारण छैन्’

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा लनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) लाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ । पोखरामा जारी ७७ जिल्ला सभापति र प्रशिक्षण विभागका प्रमुखहरूका लागि संञ्चालन गरिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै शंका गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
    लोकतान्त्र स्थापनार्थ ओली र आफु सँगै जेल परेको स्मरण गर्दै देउवाले विभिन्न कारण देखाएर जेलमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेल बाहिर आउनसक्ने अवस्था थिएन् । झापा काण्ड देखाएर जेलभित्र पनि जेलमा राखिएको थियो । पार्टीको हैसियतमा हामी प्रतिस्पर्धी हौ तर अहिले सरकारमा रहेका सत्ता साँझेदार दलमाथी शंका गर्नु पर्ने कुनै कारण छैन् ।’
    दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने भन्दै सभापति देउवाले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको दाबी गर्नुभयो । सरकारका बारेमा बाहिर चलेको हल्ला जस्तो केही समस्या नरहेको र ०८४ सम्म यही सरकार रहने सभापति देउवाले बताउनुभयो ।


    मंगलवार, माघ २२ २०८१०१:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij