काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने र समृद्ध देश बन्ने आधारहरू धेरै रहेको समेत उल्ले गर्नुभयो । नेपाल गौरवपूर्ण खोज अध्ययन,अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विधान र स्वाभिमानी देश भएको बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री ओलीले युवाहरुलाई कहिल्यै पनि गलत संगतमा नलाग्न आग्रह गर्नुभएको छ । युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बेठिक भए तुरुन्तै छाडिदिन युवाहरूलाई आग्रह गर्नुभयो ।