काठमाडौँ, प्रमुख प्रतिप्रक्षी दल नेकपा माओवादी केन्द्रले सरकार आफ्नै कारणले संकटमा पुगेको दाबी गरेको छ। माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधीवक्ता रामनारायण विडारीले कांग्रेस एमालेबिच अपवित्र गठबन्धनको सरकारले आम जनतामा डेलिभरी दिन नसकेकोले ढिलो चाँडो आँफै ढल्ने अवस्थामा पुगेको बताउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा उहाँले यो सरकारले पनि नेपाली जनतालाई सुख शान्ति समृद्धी दिन सक्ने परिस्थिती नदेखिएको जिकिर गर्नुभयो।
नेता विडारीले माओवादी स्पष्ट रुपमै सरकारले ल्याएको अध्यादेश विचौलियाका लागी ल्याइएकोले यसको विपक्षमै रहेको र यसको विरोध गरेको बताउनुभयो । उहाँले यो अध्यादेश ६० दिनसम्म पारित हुन नसक्ने र आँफै निस्क्रिय हुने दावी गर्नुभयो ।
भ्रष्ट्राचारमा डुबेको र भ्रष्ट्राचारीलाई संरक्षण गरेको सरकारले अध्यादेशमा केही सिमित बुँदा राम्रा देखाएर अरु पुरै विचौलिया र कालोबजारीको स्वार्थका लागी ल्याइएको नेता विडारीले आरोप लगाउनुभयो । यद्यपी कांग्रेस र एमालेको शक्तिसाली सरकारले अध्यादेश पारित गर्ने कालोबजारीलाई थप सहज बनाउने जोखिम रहेको उहाँको तर्क छ ।